काठमाडौँ चैत ६ – लागू औषध नियन्त्रण ब्युरोले चार केजी अफिमको कच्चा पदार्थसहित तीन जनलाई काठमाडौँबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोमबहादुर तितुङ, बज्रबहादुर बम्जन र प्रेमबहादुर थिङ रहेको प्रहरीले जनाएको छ। उनीहरु तीनै जना मकवानपुरका हुन्।

पक्राउ परेका मध्य तितुङ मुख्य कारोबारी रहेको प्रहरीको भनाइ छ।

ब्युरोका प्रमुख डिएसपी ठूले राइले विदेशमा पठाउनका लागि यो कच्चा पदार्थ काठमाडौँ भित्राइएको बताए। उनले अफिमको कच्चा पदार्थबाट हेरोइन बनाइने जानकारी दिए।


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार