चैत ५, नवलपरासी । आइतबार नवलपरासीको कावासोतीमा सवारी दुर्घटनाबाट घाइते भएका १ जनाको ज्यान गएको छ । कावासोती नगरपालिका ८ थकाली चोकमा माइक्रो मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक रामबहादुर आले गम्भिर घाइते भएका थिए । उनै घाइते २० बर्षिय आलेको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

बा२ख ३९२२ नम्बरको माइक्रो र बिपरीत दिशाबाट आएको लु३४प ७ण्८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा रुपन्देहीको बुटवल उपमहानगरपालिका १० निवासी मोटरसाइकल चालक आले र नवलपरासीको गैडाकोट १० निवासी ३० वर्षीया वसन्ती थापा गम्भीर घाइते भएका थिए ।


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार