चैत ४, कावासोती । नवलपरासीको कावासोती नगरपालिका ८ थकाली चोकमा आज भएको सवारी दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । बा २ ख ३९२२ नम्बरको हाइस र विपरित दिशाबाट आएको लु ३४प ७०८६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खांदा रुपन्देहीको बुटवल उपमहानगरपालिका १० निवासी मोटरसाइकल चालक २० बर्षीय रामबहादुर आले र नवलपरासीको गैडाकोट १० निवासी ३० बर्षीया वसन्ती थापा गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले दिएको जानकारी अनुसार दुर्घटनामा परी घाइते हुनेहरुको कालीगण्डकी अस्पताल कावासोतीमा सामान्य उपचार पछि थप उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । घाइते मध्ये चालक थापाको अवस्था चिन्ताजनक रहेको छ ।
(साभार)


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार