जिम्बाम्बेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि भएका खेलहरूमा १० देशमध्ये ६ देश सुपर सिक्समा प्रवेश गरेका छन् भने बाँकी टिम बाहिरिएका छन्।

दुई समूहमा विभाजित टिमहरूको समूह ‘ए’ बाट वेस्ट इन्डिज, आयरल्यान्ड र युएई सुपर सिक्समा पुगेका छन् भने एक दिवसीय मान्यता प्राप्त नेदरल्यान्ड्स र पपुवा न्युगिनी बाहिरिएका छन्।

समूह ‘बी’ बाट आयोजक जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तान सुपर सिक्समा पुगेका छन् भने नेपाल र हङकङ बाहिरिएका छन्।

सुपर सिक्समा पुगेका ६ टिम (वेस्ट इन्डिज, आयरल्यान्ड, युएई, जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तान) मध्ये २ टिमले विश्वकपमा स्थान पक्का गर्नेछन्।

सोमबार सकिएको समूह चरणको खेलमा सहभागी १० राष्ट्रका केही खेलाडीले तारिफयोग्य प्रदर्शन गरेको आइसिसिले जनाएको छ। आइसिसीका अनुसार उत्कृष्ट खेल्ने ११ खेलाडीको सूचीमा नेपाली कप्तान पारस खड्कासमेत परेका छन्।

११ खेलाडीमा जिम्बावे र हङकङका २–२ खेलाडी छन् भने आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेपाल, युएई, अफगानिस्तान र वेस्ट इन्डिजका १–१ खेलाडी छन्। नेदरल्यान्ड्सका कुनै पनि खेलाडी समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने सूचीमा अटाएनन्।

को को हुन् उत्कृष्ट

विलियम पोटरफिल्ड (आयरल्यान्ड)

टोनी उरा (पपुवा न्युगिनी)

कोलुम म्याकलियोर्ड (स्कटल्यान्ड)

ब्रेन्डन टेलर (जिम्बावे)

पारस खड्का (नेपाल)

अंशुमान रथ (हङकङ)

सिकन्दर राजा (जिम्बाबे)

रोहन मुस्ताफा (युएई)

मोहम्मद नाबी (अफगानिस्तान)

जासन होल्डर (वेस्ट इन्डिज)

इसान खान (हङकङ)

 


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार