फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा दुईतिहाइभन्दा बढी मत पाउने भएका छन् ।

प्रतिनिधिसभाको आइतबार अपराह्न बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राख्ने छन्। त्यसपछि प्रस्तावमाथि छलफल भई पक्ष र विपक्षमा मतदान हुनेछ। शनिबार साँझसम्मको राजनीतिक समीकरण अनुसार ओलीको पक्षमा २ सय ९ मत पर्ने देखिएको छ।

नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०ले पक्षमा मतदान गर्ने सम्भावना भए पनि निर्णय भने गरिसकेको छैन। नेमकिपाले पक्षमा मतदान गरे प्रधानमन्त्री ओलीले २१० मत प्राप्त गर्नेछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्रीको पक्षमा २१० मत खसे त्यो कुल संख्याको ७६।३६ प्रतिशत हुनेछ ।

यस हिसाबले ओली नेपालको संसदीय इतिहासमा शक्तिशाली प्रधानमन्त्री हुनेछन् । यसअघि २०१५ मा सम्पन्न संसदीय चुनावमा नेपाली कांग्रेसले १ सय ९ सदस्यीय प्रतिनिधिसभामा ७५ सिट जितेको थियो । त्यसपछि बिपी कोइरालाको नेतृत्वमा सरकार गठन भएको थियो ।

समयक्रममा ६ दशकपछि नेपाली कांग्रेसबाहेक सबैजसो राजनीतिक दल सरकारको पक्षमा एकै ठाउँमा उभिएका छन् भने कांग्रेसमात्रै प्रधानमन्त्रीको विपक्षमा उभिएको छ ।

त्यसो त नयाँ शक्ति पार्टी पनि विपक्षमा नै उभिने भएको छ । तर सो दलका एकमात्र सांसद डा। बाबुराम भट्टराई विदेश भ्रमणमा भएका कारण मतदानमा सहभागी हुने छैनन् । उनी आइतबार साँझमात्रै स्वदेश फर्कंदै छन्।, यो खबर आजको नागरिक दैनिकमा छ ।


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार