फागुन २५, काठमाडौँ –   एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले चिट चोरेर विद्यार्थीलाई पास नगराउन निर्देशन दिएका छन् । गृहजिल्ला रौतहटको देवाही गोनाही नपा धरहरीस्थित जयकिशान पोलिटेक्निकल इन्स्टिच्युडको निरीक्षणपछि बिद्यालय प्रमुखलाई नेता नेपालले यस्तो निर्देशन दिएका हुन् ।

‘चिट चोरेर पास हुने इन्जिनियरले राम्रो सडक बनाउन सक्दैन, चिट चोरेर पास डाक्टर ले राम्रो उपचार गर्न सक्दैन’ नेता नेपालको भनाई छ ।  कार्यक्रममा सांसद प्रभु साह, कल्याणी खड्का, लालबाबु यादव, सरला यादव, समिना हुसेन, कुन्दन कुश्वाहलगायत सहभागी थिए ।उक्त इन्ष्टिच्यूटमा ४६ जना विद्यार्थी सिभिल इन्जिनियरतर्फ अध्ययन गरिरहेको प्रमुख सुरेशचन्द्र झाले जानकारी दिए ।


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार