एजेन्सी । बलिउड अभिनेत्री श्रीदेवीको मृत्युको १० दिनपछि उनका सौतेनी छोरा अर्जुन कपुरले मनको कुरा खोलेका छन् । उनले इन्स्टाग्राममा पोस्ट गर्दै लेखेका छन्।

अर्जुन कपुर अहिले आफ्नो आउँदै गरेको फिल्म ‘नमस्ते इंगल्याण्ड’को सुटिङ अमृतसरमा गर्दैछन् । जुन आमासँग उनले जीवनभर घृणा गरे उनको मृत्युको खबर सुनेपछि उनी सुटिङ छोडेर मुम्बइ आए । उनले बहिनीहरु जाह्नवी र खुसीलाई बहिनी मानेकै थिएनन् तर श्रीदेवीको मृत्युपछि उनले दुवैलाई दाजुको नाताले भरपुर साथ दिए ।

श्रीदेवीको अन्तिम संस्कारका बेला उनी शवको शिरपट्टी उभिएका थिए । उनले इन्स्टाग्राममा पोस्ट गर्दै लेखेका छन् ।
‘you’re brave because life gives you every reason to want to give up and still, you rise, you pick yourself up and carry on’. यो पोस्टलाई उनले शीर्षक दिएका छन् ‘One day at a time..’


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार