काठमाडौँ, फागुन–२२

नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका नायकहरुलाई सबैले चिन्छन्, उनिहरुको प्रसस्त फ्यानहरु पनि छन् । तर उनिहरुको शैक्षिक योग्यता कति छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।सबैभन्दा बढि पढेका नायक को हुन्  र पढाईमा सबैभन्दा थोरै कक्षा कसको होला? हुन त पढाई र कलाकारीताको के सम्बन्ध भन्ने कुरा आउला तरपनि यसको जानकारीका लागि तल हेरौँ ः

१. सौगात मल्लः सबैका प्यारा एवं लोकप्रीय नायक सौगात मल्लको अभिनय निक्कै राम्रो भएपनि शिक्षा राम्रो छैन । उनले ९ कक्षामात्र पास गरेका छन् ।
२. आयुस्मान देशराज जोशीः युवतिहरुको अत्यन्त प्यारा नायक आयुष्मान जोशीले SLC मात्र पास
गरेका छन् ।
३. पल शाहः चकलेटि अनुहार भएका नायक पल शाहको फ्यान प्रसस्त छन् र फिल्मपनि राम्रै चल्छ तर उनले पनि धेरै पढेका भने छैनन् । उनि SLC पास हुन् ।
४. आर्यन सिग्देलः कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका आर्यन सिग्देलले +2 सुरु गरेपनि पुरा गरेनन् ।
५. निखिल उप्रतीः नेपाली चलचित्रका एक्सन स्टार र प्रभावसाली नायक निखिल उप्रतीले ISC पढेका छन् ।
६. अनमोल केसीः आजको समयको जल्दाबल्दा स्टास अनमोल केसीले A-Level उतीर्ण गरेका छन् ।
७. दयाहाङ राईः बहुप्रतिभासाली नायक दयाहाङ राईले पत्रकारीतामा स्नातक  गरेका छन् ।
८.निश्चल बस्नेतः नेपाली चलचित्रका क्रान्तिकारी निर्देशक तथा नायक निश्चल बस्नेतको पढाईपनि राम्रै छ । उनले फिल्मी क्षेत्रमा स्नातक तह उतिर्ण गरेका छन् ।
९. प्रदिप खड्काः प्रदिप खड्काको फिल्मी करीयर मात्र नभई शिक्षामा पनि गतिलै पहुँच छ । उनले मार्केटिङमा MBA गरेका छन् ।
१०. सन्दिप क्षेत्रीः चलचित्रमा भन्दापनि कमेडीको क्षेत्रमा चर्चित सन्दिप क्षेत्रीले कमर्समा मास्टर्स गरेका छन् ।
११. राजेस हमालः महानायक राजेस हमालको पढाइपनि महान नै छ । उनले English बिषयमा मास्टर्स गरेका छन् ।


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार