विश्व फुटबलका महान हस्ती मानिने रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो निक्कै सफल खेलाडी हुन् । उनि आफ्नो खेल कौशलका साथसाथै पुष्ट शरिका लागि पनि चिनिन्छन् । तर उनका बारेमा केहि यस्ता कुराहरु पनि छन् जुन सबैलाई थाहा नहुन सक्छ । हेरौँ रोनाल्डोका बारेमा केहि जानकारीहरु ः

१. उनि NIKE सङ्ग  LIFETIME ENDORSEMENT deal गर्ने तेस्रो खेलाडि हुन् ।
२. उनि जन्मँदा अमेरिकाको राष्ट्रपति RONALD REGAN थिए र त्यहि नामबाट उनको नाम रोनाल्डो राखियएको थियो ।
३. उनि स्कुल पढ्दा निक्कै कमजोर थिए र शिक्षकलाई कुर्सीले हानेकाले उनलाई स्कुलबाटै निकालिएको थियो ।
४. उनिसङ्ग २० वटाभन्दा बढि कार हरु छन् जसको जम्मा मूल्य ५ मिलियन डलर बराबर हुन्छ ।
५. सानोमा उनको मुटुको रोगले गर्दा फुटबल छोड्नुपर्ने अबस्था पनि आएको थियो तर उनले फुटबल नछोड्ने सङ्कल्प गरे तर शलयक्रिया पछि सबैकुरा सामान्य भयो ।
६. उनले आफ्नो शरीरमा कुनै टाटु राखेका छैनन् किनकी उनि बर्षमा २ पटक रक्तदान गर्छन् ।
७. स्पेनको म्याड्रिडमा उनको १४ मिलियन डलर बराबरको अलिसान बङ्गला छ ।
८. सन् २०१७ मा नाइकले उनको सम्मानमा COMMEMORATIVE FOOTBALL BOOT  पनि रिलिज गरेको थियो ।
९. उनि निक्कै दयावान र सहयोगि खेलाडि पनि हुन् । उनले असहाय बच्चाहरुको सहयोगका लागि सन् २०११ मा आफ्नो GOLDEN BOOT समेत बेचेका थिए । साथै सन् २०१४ मा एक क्यान्सर पीडित बच्चाको आमाले आफ्नो बच्चाको उपचारका निम्ती उनको जर्सी बेचेर पैसा जम्मा गर्नका लागि जर्सी माग्दा उनले व्यक्तिगत ६५ हजार डलर सहयोग गरेका थिए ।
१०. उनिसँग करिब २० मिलियन डलर बराबरको व्यक्तिगत प्लेन छ ।
११. उनले सन् २०१५ मा ट्रम्प टावरमा करीब १८.५ मिलियन डलर बराबरको अपार्टमेन्ट किनेका छन् ।
१२. उनले instagrm मा एउटा पोष्ट गरेबापत करीब ४००००० डलर कमाउँछन् ।


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार