फागुन १५ ,एजेन्सी । विश्वकप क्रिकेटको छनोट खेल्न जिम्बाबे पुगेका नेपाल र संयुक्त अरब इमिरेट्स युएईको अभ्यास खेल पानीका कारण सुरु हुन सकेको छैन ।

 

खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे नै सुरु हुनुपर्ने भए पनि मैदान भिजेका कारण टस हुन सकेको छैन । नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा विजेता बनेको युएई र दोश्रो भएको नेपाल विश्वकपको छनौट खेल्न जिम्बावे पुगेका हुन् । दुई हप्ताको फरकमा नेपालल युएई तेस्रो पटक खेल्न लागेका हुन् । नामिवयामा भएको डिभिजन २ मा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले हराए पनि फाइनलमा ७ रनले हारेको थियो ।

जिम्बावेमा २० गतेदेखि हुने विश्वकप छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी छन् । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउनेछन । नेपाल अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै समूह बीमा छ । नेपालले पहिलो खेल २० गते घरेलु टोली जिम्बावेसँग, दोस्रो खेल २४ गते स्कटल्याण्डसँग, तेस्रो खेल २६ गते अफगानिस्तानसँग र  लिग चरणको अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ ।


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार