एजेन्सी- बलिउडका खेलाडी अक्षय कुमार र साउथ सुपरस्टार रजनीकांतको चलचित्र 2.0 को चर्चा केहि दिन देखि जोडतोडका साथ भइरहेको छ । चलचित्रको रिलीज डेटलाई लिएर पछिल्लो समय देखि यस चलचित्रको निकै चर्चापरिचर्चा भइरहेको छ । यो चलचित्र जनवरी 25 मा रिलीज हुने भनि तोकिएको थियो तर 25 जनवरीमै अक्षयको प्याडम्यान रिलीज भएको कारण यस चलचित्रको मिति बढाइएको हो । अब 13 अप्रैलमा यस चलचित्र रिलीज हुने भनिएको छ तर अझै पनि यो चलचित्रको मिति बढाएर दीवालीमा सम्म पुग्ने सम्भावना देखिन्छ ।

त्यसैगरी आमिर खानले आफ्नो चलचित्र  ‘ठग्स ऑफ हिंदुस्तान’ दीवालीमा रिलीज गर्ने भएका छन । तर 2.0 का निर्माताले आमिरले आफ्नो चलचित्रको रिलीज डेट बढाए हुन्थियो भन्ने चाहान्छन। तर आमिर खान भने आफ्नो डेट बदल्ने वाला छैनन् । निर्देशकको भनाइ अनुसार यस चलचित्रको रिलीज डेट धेरै बढाइएको कारण अब दीवालीमानै रिलीज गर्न चाहेको कुरा बताएका छन । तर बक्स अफिसमा भने दिवालीमा 2018 को मिति  ‘ठग्स ऑफ हिंदुस्तान’ रिलीज डेट को लागी बुक भइसकेको छ । यदि दुबै चलचित्र एकै साथ रिलीज भएमा बक्स अफिसमा बिबाद त हुन्छ नै साथै दुबै चलचित्रले घाटा बेहोर्ने पर्ने हुन्छ । यस कारण 2.0 का निर्देशकले अब आमिरलाई ठग्स ऑफ हिंदोस्तानको रिलीज डेट बढाउनका लागी प्रस्ताव गरिरहेका छन् । अहिले यि दुबै चलचित्रका निर्माताहरु बीच छलफल भइरहेको छ ।


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार