एजेन्सी

फागुन १४ , काठमाडौं ।  श्रीदेवीको निधन भएको धेरै समय बितिसकेको छ तर पनि बलिउडका अन्य कलाकार तथा उनका फ्यानहरुले यो कुरालाई अझैँ विश्वास गर्न सकिराखेका छैनन् । उनको हृदयघातका कारण दुबईमा निधन भएको थियो ।
उनको निधनको यो दुखद खबर सामाजिक संजालमा यति भाईरल भयो कि, एकदिनमा एक करोड जनाले श्रीदेवीको बारेमा गूगल सर्च गरेका थिए ।

श्रीदेवीको शव अब उनका परिवारलाई चाडै बुझाउने बताइको छ । दिउँसो दुई बजे उनको शवलाई दुबबाट प्राइवेट हवाइजहाजमा मुम्बई ल्याइने भएको छ । उनको शवलाइ साँझ मुम्बईको वरसोवास्थित भाग्य भवनमा अन्तिम श्रद्धाञ्जलीका लागी राखिनेछ ।

श्रीदेवीको देवर सञ्जय कपूरले उनका बारेमा केहि कुरा सामाजिक संजाल मार्फत खुलाएका छन ।

देवर भन्छन्– मनको रोग थिएन
श्रीदेवीका देवर सञ्जय कपूरले श्रीदेवीलाई कुनैपनि मनको रोग पनि नलागेको बताएका छन् । भारतीय मिडियाको एक अन्तर्वातामा बोल्दै सञ्जयले भनेका छन् ‘भाउजुलाई कुनैपनि रोग लागेको थिएन, त्यस्तो सोचिरहने मनोरोग केहि पनि थिएन ।’


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार