फागुन ११,गुल्मी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रवार गुल्मीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । ओली प्रधानमन्त्री भएलगत्तै शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको अवस्थामा आफ्ना पार्टिका नेता तथा कार्यकर्ताहरुलाई विनाकारण गिरफ्तार गरि थुनामा राखेको भन्दै उनीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

उनीहरुले बाम सरकारको नाममा संविधानमा उल्लेख गरिएको नागरिकको स्वतन्त्रताको हकलाई समेत धज्जी उडाउँदै शान्तिपूर्ण सभा, सम्मेलन र नागरिकका आवाजहरुलाई वर्तमान सरकारले बन्देज लगाउने दुस्प्रयास गरेको आरोप समेत लगाएका छन् ।

उनीहरुले गिरफ्तार गरिएका आफ्ना नेताहरुलाई  सरकारले तुरुन्तै रिहा गर्नु पर्ने भन्दै रिहा नगरेमा थप संघर्षका कार्यक्रमहरु अघि बढाउने तयारी भैरहेको नेपाल कम्युनिष्ट पार्टि गुल्मीका सेक्रेटरी खिम खड्काले जानकारी दिनुभयो । पार्टिले बिहीवार गुल्मीमा नागरिक समाज, राजनैतिक दलहरु र बुद्धिजीविहरुसँग पनि बाम सरकारको ज्यादती र लोकतन्त्र विषयमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार