फागुन ११, नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–१२ हरकट्टामा यात्रु बाहक बस र ट्रक एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । दूर्घटनामा परी ३३ जना घाइते भएका छन् ।

काठमाडौंबाट बुटवलका लागि छुटेको लु २ ख १६०५ नम्बरको यात्रुबाहक बस र बिपरीत दिशाबाट आउदै गरेको यू पी ८३ एटी ३९६६ नम्बरको भारतीय ट्रक एकआपसमा ठोक्किदा बसका चालक कपिलवस्तु शिवराज नगरपालिका –१०, चनौटा बस्ने २७ बर्षका जीवनकुमार अधिकारीको ज्यान गएको हो ।

दूर्घटनामा घाइते भएका अधिकारीको उपचारको क्रममा जेनश अस्पतालमा ज्यान गएको हो । दूर्घटनामा परी घाइते भएका ११ जनाको सामुदायीक अस्पताल भूमहीमा सामान्य उपचार पछि घर फर्किसकेको र अन्य २२ जनाको बुटवलमा उपचार भइरहको प्रहरीले जनाएको छ । उज्यालो ।


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार