फागुन ३, नवलपरासी । नवलपरासीको सरावल गाउँपालिका १ स्थित बासा चोकमा कारले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । गएको मंगलबार
महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेकोUP 53 BL 5490 नम्बरको कारले एक पैदल यात्रीलाई ठक्कर दिँदा उपचारको क्रममो मृत्यु भएको हो । अन्दाजी २५ बर्षका मृतकको नाम, ठेगाना खुलेको छैन । मृतकको शव शनाखतको लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको प्रहरीले जनाएको छ । मृतकलाई चिन्नुहुनेले यो सम्पर्क नम्बरमा ९८५६०६०२६२ गरिदिनुहुनका लागी आग्रह गरिएको छ ।


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार