धेरै मैयाँ बसे दिलमा,हटाइ नसक्नु भो

नाम सबको सम्झिन,रटाइ नसक्नु भो

धेरै आउछन धेरै जान्छन,मेरो दिलबाट

बैगुनिको तस्विरलाइ,फटाइ नसक्नु भो

एक जादा चार थपिन्छन,क्यार्नु र मैले

सान्नानी प्रबेसको बेग,घटाइ नसक्नु भो

हरेक सङ्ग तिता मिठा,याद समेटिन्छन

सबै याद सानो मनमा,अटाइ नसक्नु भो

बाडीचुडि प्रेम सबलाइ,दिनुपर्छ मैले याँ

एकको प्रेम अनेकमा,खटाइ नसक्नु भो

लेखक : अनिल वस्ती


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार