पौष १९, काठमाण्डौँ । वैज्ञानिकहरूले मानवसदृश एक रोबोट तयार पारेका छन् । उक्त रोबोटले कसरतका सिट अप्स र पुश अप्स गर्छ र पसिना पनि चुहाउँछ ।

रोबोटमा कृत्रिम प्रणाली जडान गरिएको छ जसकारण उसलाई पसिना आउँछ । उक्त प्रणालीले मानवशरीरले जस्तै गरी काम गर्छ ।

जापानको टोकियो विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारेको रोबोटको नाम केंगोरो हो । यो रोबोटको प्रयोग खेलाडीहरूको मांसपेशी विश्लेषणका लागि गरिन्छ ।

वैज्ञानिकहरूको टोलीले विगत धेरै वर्षदेखि मानवसदृश रोबोट विकसित गरिरहेको हो । रोबोटले मानिसजस्तै पसिना बगाउँदा बढी तात्ने समस्या पनि हुँदैन । केंगोरो रोबोटले मानिसले जस्तै हलचल र कसरत गरिदिन्छ ।

हेर्नुहोस् भिडियो:


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार