काठमाडौ । पर्साको वीरगञ्जमहानगरपालिकास्थित गण्डक नहर क्षेत्रमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको छ । आगलागीमा परि २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । आगो निभाउन दमकल लिएर गएका ६ जनामध्ये मधुसुदन सिंह र यादव अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । ग्यास उद्योगका कामदारसमेत हराइ रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।बस्तीबाट झण्डै पाँच सय मिटरको दूरीमा रहेको ग्यास उद्योगमा आगलागी भएपछि त्यस क्षेत्रको आसपासमा जान रोक लगाइएको छ ।

आगलागी नियन्त्रण गर्न प्रयोग गरिएको दमकलमासमेत आगो लागेपछि थप दमकल ल्याउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । एक युवक जाली रहेका छन् उनको एक तिरको भाग जलीसकेको छ उनि तल बोरा बेरेका छन् ।


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार