मंसिर २१, नवलपरासी । प्रदेश र प्रतिनिधीसभा दोस्रो चरणको निर्वाचन यतिखेर देशभरीका ४५ जिल्लाहरुमा एकसाथ मतदान कार्य भइरहेको छ । यसैबिच नवलपरासीको पनि पुर्व र पश्चिममा यतिबेला मतदान कार्य जारी छ ।

यस्तै नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार एवं उद्योगपति विनोद चौधरीले नवलपरासीको देवचुली नगरपालिका २ स्थित दिव्य युवा समाज भटकको मतदान केन्द्रबाट मतदान गर्नु भएको छ । मतदानपछि चौधरीले अब देश विकास र सम्वृद्धिको बाटोमा अगाडि बढने प्रतिक्रिया दिनुभयो । अबको ५ वर्ष सम्वृद्धि र विकासका वर्ष भएको भन्दै आफ्नो पार्टीले त्यसै अनुसार काम गर्ने चौधरीले बताउनुभयो ।

हामी यहाँ नवलपरासीका बिभिन्न क्षेत्रमा भएका मतदानका केहि तस्बिर देखाउँदैछौं ।

 

यस्तै नवलपरासीको देवचुली नगरपालिका–१२ स्थित दीपज्योती आधारभुत विद्यालय मतदान स्थलमा पुनः मतदान चलिरहँदा विहान बम विस्फोट भएपछि करिव दुई घण्टा मतदान स्थगित भएको थियो ।

विद्यालय कम्पाउण्ड भित्रै बम विस्फोट भएको थियो । विस्फोटबाट कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ । बम विस्फोट हुनुअघि सम्म १७३ मत खसेको थियो ।

 

 

 

तस्बिरः राजु लम्साल /मेरो नवलपरास तथा सामाजिक सञ्जाल


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार