मंसिर १३, काठमाडौँ । काठमाडौँबाट अर्घाखाँचीतर्फ जाँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । लु २ ख २९१ नम्बरको यात्रुवाहक वस फिस्लिङ नजिकै रहेको चुम्लिङटारमा बिहान करिब ९ः१५ बजे दुर्घटनाग्रस्त बनेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ६ जनाको शव फेला परेको छ भने १८ जना घाइतेको उद्दार गरिएको छ । मृतकको सनाखत हुन सकेको छैन भने घाइतेहरुको विवरण पनि आएको छैन । ट्रकको ठक्करबाट दुर्घटना भएको बताइएको छ ।

प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बस त्रिशूलीमा डुबेको अवस्थामा छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ ।

 

तस्बिरः नारायणी अनलाइन बाट ।

 


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार