कात्तिक २३, काठमाडौं । काठमाडौं त्रिपुरेश्वरको पेट्रोल पम्प नजिकै रहेको ग्यारेजमा आगलागी भएको छ । बिहीबार बेलुका भएको आगलागीमा एक जनाको ज्यान गएको र तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।

अहिले दमकल, स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागीबारे थप विवरण आउन बाँकी छ । आगलागीको कारण थाहा हुन सकेको छैन । आगोमा जलेर मृत्यु भएका एक जनाको पहिचान खुलेको छैन, यद्यपि उनी त्यहीँका कामदार रहेको बताइएको छ । मृतकको शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

Video:


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार