कार्तिक १०, सुनवल । नवलपरासीको सुनवल नगरपालीका ज्यामिरेमा यात्रुबस दुर्घटनामा परेको छ । काठमाडौंबाट पश्चिमतर्फ जाँदै गरेको ना छ ख ९२५ नम्बरको बस आफै अनियन्त्रीत भई सडकबाट बाँयातर्फ खसेको थियो ।


बसमा सवार करिब ३५ जना यात्रुमध्ये अधिकांश सामान्य घाईते भएको वडा प्रहरी कार्यालय सुनवलले मेरो नवलपरासी डटकमलाई जानकारी दिएको छ । अहिले घाईतेहरुको बुटवल अस्पतालमा उपचार भइरहेको छ । बस गएराती साढे ३ बजे दुर्घटनामा परेको हो । बसका चालक जीवन कुमार तन्दुकार पनि घाईते पश्चात उपचार गराईरहेको हुँदा के कारणले बस अनियन्त्रीत भयो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट बसमा क्षति पुगेको छ ।

 

 

 

 


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार