कार्तिक ८, नवलपरासी । नवलपरासीको कावासोतीका उक युवकको चितवनको कंकाली सामुदायिक वनमा वनभोज खान गएको बेला स्वीमिङ पुलमा डुवेर मृत्यु भएको छ । कावासोती नगरपालिका–८ का १७ वर्षीय शिशिर कंडेलको बुधबार दिउँसो स्वीमिङ पुलमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएको छ । कंडेल गैंडाकोटको नमूना कलेजमा कक्षा ११ मा विज्ञान विषयका विद्यार्थी हुन्े ।

साथीहरुसहित वनभोज आएका कंडेल दिउँसो पौडी खेल्न भन्दै पुलमा पसेका थिए । उनी डुबेपछि साथीहरुले उद्धार गरी उपचारका लागि पूरानो मेडिकल कलेजमा लगिएको भएपनि उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

करीव ४० जना युवाहरु वनभोज गएका थिए । नमूना मावि तथा कलेजका सञ्चालक निर्मल पाण्डेले कलेज सञ्चालनमा नै रहेपनि कंडेल कलेज नै नआई वनभोज गएको बताए । सो सामुदायिक वनभित्र यसअघि पनि यस्तैं घटना हुँदै आएको स्थानीय वताउँछन् ।


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार